

भ्रष्टाचारमा नाम जोडिए पार्टी मात्र होइन परिवारका सदस्यलाई पनि हत्कडी लगाइन्छ : प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरण या कुनेपनि भ्रष्टाचार विषयमा अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् ।
सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नाम जोडिए पार्टीका नेता मात्र नभइ आफ्नै नाम जोडिएर आएपनि हत्कडी लगाउन तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले एक सय किलो सुन बरामत भएको विषयमा माओवादीका नेता कृष्णबहादुर महराको नाम जोडिएर आएको भन्दै उक्त प्रकरणमामहराको मात्र नभइ आफ्नै नाम जेडिएर आएमा हत्कडि लगाउन तायार रहेको बताए । ‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य युवराज चौलागाईंले भने, ‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु ।’
भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो । प्रचण्डले सम्बोधनको क्रममा आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए ।

