एमाले प्रदेश अधिवेशन भदौ १६ गतेबाट हुने


काठमाडौं – एमालेको प्रदेश अधिवेशन १६ भदौबाट हुने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले १६ भदौबाट गर्ने निर्णय गरेको हो ।

बैठकले १६ र १७ भदौमा लुुम्बिनी प्रदेशको, ५ र ६ असोजमा मधेस प्रदेश, ८ र ९ बागमती प्रदेश, १० र ११ असोजमा कर्णाली प्रदेशको, १२ र १३ असोजमा कोशीको, १५ र १६ गण्डकीको, १९ र २० असोजमा उपत्यका विशेष प्रदेशको र २१ २२ असोजमा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

आजको बैठकमा पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाका बारेमासहित सुन प्रकरण पछि संसद गतिरोधलगायतका बिषयमा छलफल भएको जनाइएको छ ।

 

प्रतिक्रिया