


बालुवाटारमा माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । जनमत पार्टी सकारमा सहभागी हुने तयारीमा रहेको बेला माओवादीबाट बनेका एक मन्त्रीलाई फिर्ता बोलाउने बारे छलफल गर्न बैठक केही बेर अघि सुरु भएको हो ।
बैककमा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत माओवादीबाट मन्त्री बनेकाहरु सहभागी छन् । प्रधानमन्त्री आजै गृह जिल्ला चितवनबाट फर्किएका हुन् । बैठकमा सरकारमा रहेका मन्त्री हेरफेर गर्नेबारे छलफल भइरहेको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेका छन् । मोदीलाई फिर्ता बोलाएर उनको स्थानमा जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

