
करेन्ट लागेर मकवानपुरमा एकजनाको मृत्यु
काठमाडौं – मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
बकैया गाउँपालिका–५, सिरिपुरमा करेन्ट लागेर ५२ वर्षीय बीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।



कागजपत्र |
