जनमतकी अनितादेवी मन्त्री बन्दै, को हट्दैछन् त मन्त्रीबाट ?


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्दैछन्। जनमत पार्टीकी अनिता देवीलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन लागेका हुन्।

२५ सदस्यीय मन्त्रिपरिषद्मा जनमत सहभागी हुन एकजना मन्त्री हट्नै पर्नै हुन्छ। प्रधानमन्त्रीले माओवादी केन्द्रका एक मन्त्रीलाई हटाउने तयारी गरेका छन्।

प्रधानमन्त्रीले माओवादी केन्द्रबाट मन्त्री बनेका सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको स्थानमा अनिता देवीलाई मन्त्री बनाउने तयारी गरेको जनाइएको छ । तर, त्यसको अन्तिम निर्णय भने प्रधानमन्त्री प्रचण्डले गरिसकेका छैनन् । तर प्रधानमन्त्री प्रचण्डले भने सुदन किराँतीलाई पनि हटाएर हितबहादुर तामाङलाई मन्त्रीमा समेट्ने तयारी गरेको पनि जनाइएको छ । तर, त्यसको आधिकारिक पुष्टी भने भइसकेको छैन ।

जनमतले यसअघि नै अनिता देवीलाई मन्त्री सिफारिस गरिसकेको छ। जनमत यसअघि संघीय सरकारमा सहभागी भएको थियो। तर, मन्त्रालय भागबन्डामा असन्तुष्ट रहेको उसले चैत १७ गते राजीनामा दिएर संघ सरकारबाट फिर्ता भएको थियो।

प्रतिक्रिया