संसदको अवरोधबारे राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट


काठमाडौं –  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आधा घण्टा भएको भेटमा संसद्को जारी अवरोधबारे छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन् ।

सो भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन राष्ट्रिय सभा अध्यक्ष र सभामुखले गरेका छलफल प्रयासबारे समेत जानकारी लिएका थिए । भेटमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए ।

गत साउन १० गतेदेखि प्रतिनिधि सभा बैठकमा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर अवरोध गर्दै आइरहेको छ ।

प्रतिक्रिया