

लागूऔषधसहित तनहुँबाट दुई जना पक्राउ

तनहुँ – आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाबाट बिहीबार लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ६ ख २५४९ नम्बरको बस जाँच गर्दा बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका-३ का २१ वर्षीय अनिश विक पक्राउ परेको प्रहरीको भनाइ छ।
प्रहरीले अनिशको साथबाट डाइजेपाम २०, नुफिन २० र फेनरागम २० थान बरामद गरेको छ। निजविरुद्ध बिहीबार अदालतबाट १० दिनको म्याद थप गरिएको छ।
यस्तै व्यास-४ भोर्लेटारचोकबाट व्यास-१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्रबहादुर कामी गाँजासहित पक्राउ परेका छन्। कामीले पछाडि बोकेको झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा १ किलो ९ सय ग्राम लागूऔषध गाँजा फेला पारी बरामद भएको र उनीविरुद्ध तनहुँ जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

