

भोटाहिटीस्थित ‘उल हाउस’ भएको घरमा आगलागी

काठमाडौं – काठमाडौंको भोटाहिटीमा आगलागी भएको छ।
भोटाहिटीस्थित ‘उल हाउस’ भएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रण गर्न नेपाली सेना, प्रहरी र स्थानीयहरू प्रयासरत रहेका छन्।
काठमाडौं उपत्यकामा रहेका सबै दमकललाईसमेत बोलाइएको प्रहरीले जानकारी दिएको छ।

