

सीआईबीद्वारा सांसद शर्मा पक्राउ परेको संसद सचिवालयलाई जानकारी

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरिएको संसद सचिवालयलाई जानकारी गराएको छ । सीआईबीका एसपी नवराज अधिकारी सांसद शर्मालाई पक्राउ गरिएकोबारे जानकारी गराउन संसद सचिवालय सिंहबार पुगेका हुन् ।
सांसद शर्मालाई सीआईबीले आज अपरान्ह उनकै घरबाट पक्राउ गरेको हो । सांसद पक्राउ गर्दा संसद सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्थाअनुसार सीआईबीले जानकारी गराउन लागेको हो । उनलाई शैक्षिक प्रमाणपत्र कीर्ते अभियोगमा सीआईबीको टोलीले पक्राउ गरेको बताइएको छ ।

