प्रधान सेनापति शर्मा र इन्डोनेशियाका राजदूतबीच भेटवार्ता


काठमाडौं – प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि इन्डोनेशियाका गैर आवासीय राजदूत हेरी हरुन्थो सुवोलोबीच भेटवार्ता भएको छ ।

आज जङ्गी अड्डामा उनीहरुबीच शिष्टाचार भेटघाट भएको हो । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया