घाँटी छिनाएको अवस्थामा पुल मुनि भेटियो युवकको टाउको


सर्लाही -पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुलमुनि अज्ञात युवकको टाउको मात्रै फेला परेको छ ।

बिहीबार बिहान स्थानीयले खोलाको बगरमा घाँटीबाट छिनाएको टाउको मात्रै देखेपछि प्रहरीमा खबर गरेका थिए ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारुका अनुसार अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी नायव उपरीक्षक थारुका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको भर्खरै हत्या भएको जस्तो देखिन्छ । घटनास्थलमा अहिले प्रहरी उपरीक्षक नरेशराज सुवेदी आफै पुगेर अनुसन्धान थालेका छन् ।

प्रतिक्रिया