

कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ

धनगढी – कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट लागुऔषधसहति दुई जना पक्राउ परेका छन। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-८ का २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्।
उनीहरूको साथबाट ६५० मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

