
ल्यारक्यालको बचाउ गर्दै रेखा शर्मा भन्छिन्, ‘एकपटकको आरोपित सधैं दोषी हुँदैन’
काठमाडाैं – लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त डा. ल्यारक्याल लामाले सफाइ पाइसकेकाले उनलाई नियुक्ति दिइएको दाबी सरकारकी प्रवक्ता रेखा शर्माले गरेकी छन् ।
एकपटकको आरोपित सधैं दोषी नहुने भन्दै उनले ल्यारक्यालको बचाउ गरिन् ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेकी प्रवक्ता शर्माले आगामी दिनमा गर्ने काम हेरेर उनको मूल्यांकन हुनुपर्ने बताएकी हुन् ।
‘लुम्बिनी विकास कोषमा भएको नियुक्ति सम्बन्धमा कानूनीभन्दा पनि भावनात्मक कुरा उठाइएको छ । एउटा आरोपितले सफाइ पाएको छ भने सधैंभरी उसलाई आरोपित भनिराख्न मिल्दैन । अब गर्ने कामका आधारमा मूल्यांकन गर्नुपर्छ । फेरि विवादमा आए राज्य छ, ऐन/कानून छ,’ मन्त्री शर्माले भनिन्, ‘कानूनी रूपमा गलत गर्यो भन्ने ठाउँमा सरकार छैन ।’
विवादमा तानिँदै आएका लामालाई सरकारले हालै कोषको उपाध्यक्ष नियुक्त गरेको थियो ।



कागजपत्र |
