

राज्यको सबैभन्दा बढी ‘इक्विप्ट’ निकाय सिआईबीलाई विश्वास गरौंः गृहमन्त्री

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३५ दिनसम्म सिआईबीको काम हेर्नका लागि अनुरोध गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले राज्यको सबैभन्दा भरपर्दो निकाय सिआईबीलाई अनुसन्धान गर्न दिनका लागि अनुरोध गरेका छन् । राज्यको सबैभन्दा बढी इक्वीप्ट निकायलाई विश्वास गर्न पनि उनले अनुरोध गरे ।
यस समयभित्र सिआईबीले तार्किक निष्कर्ष निकाल्न नसकेमा फेरि छलफल गर्र्न बाटो खुल्ला रहेको पनि गृहमन्त्रीले बताए । उनले संगठित अपराधको मुद्दामा रहेको ६० दिनको म्याद २० दिन गइसकेको र ५ दिन सरकारी वकिलका लागि आवश्यक पर्ने भएकाले सिआईबीसमक्ष ३५ रहेको जनाउँदै उक्त अवधिमा अनुसन्धानका निष्कर्ष निस्कने विश्वास लिए ।
उनले उच्चस्तरीय छानबिन समितिको प्रसंग निकाल्दै यसअघिका छानबिन समितिहरुको प्रतिवेदन कार्यान्वयन नभएकोले तत्काल छानबिन समितिबारे कुरा अगाडि नबढाउन पनि उनले रोष्ट्रमबाट अनुरोध गरे ।
उनले अनुसन्धान प्रक्रियामा जे देखिन्छ त्यही अभियोजनको प्रक्रियामा लैजान सिआईबीलाई निर्देशन दिएको बताए।

