घोराही जाँदै गरेको यात्रुबहाक बस राेल्पामा दुर्घटना, ६ जना गम्भीर घाइते


रोल्पा – रोल्पाको तिलामा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् ।

रोल्पाको बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस सहिद मार्गअन्तर्गत तिलानजिक ऋचिमा दुर्घटनामा परेको हो । बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।

रोल्पा प्रहरी प्रमुख डीएसपी श्याम सारु मगरले अहिले प्रहरीले उद्धारको काम गरिरहेको बताए । बसमा १५ जना सवार थिए । जसमध्ये ६ जना गम्भीर घाइते भएका हुन् ।

प्रतिक्रिया