आईपीएल क्रिकेटः किन्यो कोलकताले साकिब र दिल्लीले स्टिव स्मिथलाई, कतिमा भए अनुबन्धित्


चेन्नई – इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको अक्सन शुरु भएको छ । आज सुरु भएको अक्सनमा बंगलादेशका खेलाडी साकिब अल हसन कोलकताबाट खेल्ने भएका छन् ।

चेन्नईमा भएको अक्सनमा साकिबलाई कोलकाताले ३ करोड ४० लाखमा किनेको हो । उनी आईपीएलको पहिलो सिजन कोलकाताबाट खेलेका थिए । पछिल्लो सिजन उनले हैदरावादबाट खेलेका थिए ।

यस्तै अस्ट्रेलियाका पूर्व कप्तान स्टीव स्मिथलाई दिल्लीले लिएको छ । उनलाई दिल्लीले दुई करोड २० लाख भारुमा अनुबन्ध गरेको हो । यो संगै अब उनी १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् ।

यसअघि, १२ करोड ५० लाख भारतीय रुपैयाँमा राजस्थानमा अनुबन्ध भएका स्मिथले सन् २०२० मा १४ खेलमा तीन अर्धशतकसहित ३११ रन जोडेका थिए । एजेन्सी

प्रतिक्रिया