

ट्रकको ठक्करबाट कैलालीमा एक युवतीको मृत्यु

कैलाली – कैलालीमा ट्रकको ठक्करबाट एकजना युवतीको मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
उनलाई सोमबार राति करिब २ बजेको समयमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–८ कै बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले बताएको छ।
गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदीप चन्दले जानकारी दिए।
प्रहरीका अनुसार युवती मानसिक सन्तुलन ठीक नहुँदा मध्यरातमा घरबाट भागेकी थिइन्।
युवतीलाई ठक्कर दिने ट्रक चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बस्ने ३० वर्षीय होमबहादर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

