नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध


चितवन – पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेपछि बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ ।

थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान गरिएको छ । सडक अवरुद्ध हुँदा सो क्षेत्रमा यात्रु र सवारी साधन अलपत्र परेका छन् ।

 

प्रतिक्रिया