

प्रतिनिधिसभाको बैठक मंगलबार ३ बजेसम्मलाई स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोली (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकशीर्ष नेताहरुको बैठक कारण ४ बजेका लागि सारिएको थियो ।
दिउँसो १२ बजेदेखी बसेको बैठकमा शीर्ष नेताहरुबीच कुनैपनि सहमति हुन नसक्दा सुचना टास गर्दै प्रतिनिधिसभा बैठक भोली बस्ने गरी स्थगित गरेको हो । संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।
संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि छलफलमा जुटेका छन् । प्रतिपक्षी दल नेकपा एमालेले एक सय किलो सुन बरामत प्रकरणको अनुसन्धान गर्न उच्च स्थरिय छनविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् । सत पक्ष भने छानविन समिती गठन गर्ने पक्षमा छैनन् ।
उक्त विषयमा छलफल गर्न पटक पटक छलफलमा जुटेपनि सहमती भने हुन सकेको छैन् ।

