

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ ।
भारतीय प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार टेलिफोन कुराकानीमा दुई पक्षीय हित तथा हालै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका सहमतिको फलोअप छलफल भएको थियो ।
साथै भारतले नेपाल नजिकको छिमेकी भएको र भारतको छिमेकी पहिला नीतिको महत्वपूर्ण सहयोगी भएको उल्लेख गरको छ । साथै यस विषयका कुराकानी भविष्यमा समेत निरन्तर हुने बताइएको छ ।

