अधिवक्ता पाण्डे रिहा


काठमाडौं — विवादास्पद अभिव्यक्ति दिएपछि पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे शीतललाई सोधपुछपछि रिहा भएकी छिन् । बुधबार पक्राउ परेकी पाण्डेलाई अदालतले म्याद थप नगरेपछि उनलाई छाडिएको जनाइएको छ ।

प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाडौं लगेको थियो । तर पाण्डेले प्रमाण लोप गर्ने सम्भावना नभएको भन्दै म्याद थप गर्न अदालतले अस्वीकार गर्‍यो ।

प्रहरी स्रोतका अनुसार अदालतले टेलिभिजनमा बोलेको कुरा प्रमाणका रूपमा रहेकोले थुनामा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नभएको हो ।

अदालतले पक्राउ पूर्जी जारी गरेर पनि पक्राउ नगरेको भन्दै तामाङ, मगर समुदायका अभियन्ताले जिल्ला प्रहरी परिसरमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा पक्राऊ परेका ५१ जनालाई पनि प्रहरीले रिहाइ गरेको छ ।

प्रतिक्रिया