

सुन प्रकरण : अनेराश्ववियूले निकाल्यो टर्चलाईट जुलुस

काठमाडौं – एमालेको विद्यार्थी संगठन अनेराश्ववियूले सुन प्रकरणलाई टुंगोमा पुर्याउन माग गर्दै काठमाडौंमा टर्चलाईट जुलुस निकालेको छ।
क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकारले आँखा चिम्लिएकाले टर्च लाइट बालेर सरकार खोज्नुपरेको अनेराश्ववियूले जनाएको छ।
अनेराश्ववियूले प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्नुको साटो सरकारले संसद रोकेर विषयान्तर गर्न खोजेको आरोप लगाएको छ।
काठमाडौंको माइतीघरबाट सुरु भएको विद्यार्थी संगठनको जुलुश नयाँवानेश्वरमा पुगेरमा कोणसभामा परिणत भएको थियो।

