आफैं संलग्न रहेकाले सुनकाण्डमा सरकारबाट निष्पक्ष अनुसन्धान हुँदैन


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारमा रहेका ठुला व्यक्ति कै संलग्नता रहेको आरोप लगाएका छन् ।

तुल्सीलाल अमात्य स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको मात्रै कुरा सुनेर आफूहरू नबस्ने बताए । सुन तस्करी प्रकरणमा सरकार आफैं संलग्न रहेकाले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको अध्यक्ष ओलीले बताए।

आफूहरूले सुनकाण्डबारे बोल्न पाउनुपर्ने माग गर्दा सरकारले बोल्न नदिनका लागि संसद रोकेको ओलीको भनाइ छ। ‘हामीले गृहमन्त्रीले बोलिदिनुस् सदन खोलिदिन्छौ भनेको होइन। सांसदहरुले बोल्न पाउनुपर्छ भनेका हौं। तर सरकारले सांसदले बोल्छन् भनेर सभामुखलाई दबाब दिएर सूचना टाँसेर संसद रोकेको हो।’ ओलीले भने, ‘सरकारले बालुवाटारको सहमति संसदमा पुग्दा केपी ओलीले छाड्यो भनेर कुप्रचार गर्‍यो।’

‘तपाईंहरुले गरिरहेको छानबिन गर्नुस् । तर उहाँहरू आफैं मुछिनुभएकाले निष्पक्ष छानबिनका लागि हामीले उच्चस्तरीय समिति बनाऔँ भनेका हौं’, ओलीले भने, सर्वसाधारणको एउटा सिक्री समात्ने सरकारले दिनकै क्विन्टलका क्विन्टल सुन तस्करलाई पठाइरहेको छ। त्यत्रो सुन नदेख्ने भए त्यहाँ भन्सार किन राख्या ? जनतालाई मात्र दुःख दिन राखेको ?’

सुन तस्करी प्रकरणमा कांग्रेस चुइँक्क बोल्न नसकेको भन्दै उनले भने, ‘देवाजी के छ विचाररु’ उनले आफूहरुबाहेक अरू कसैले पनि देश चलाउन नसक्ने भन्दै मिसन ०८४ मा लाग्न कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया