लुम्बिनी विकास बोर्डको उपाध्यक्षमा ल्यारक्याल लामा !


काठमाडौं – सरकारले पटक-पटक विभिन्न प्रकरणमा विवादमा मुछिएका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गर्ने चर्चा चलेसँगै तरंग पैदा भएको छ ।

वर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको कार्यकाल सकिएसँगै उक्त पदका लागि विभिन्न व्यक्तिहरुको दौडधुप चलिरहेको बेला ल्यारक्याल लामालाई आजै मन्त्रिपरिषद्को बैठकबाट नियुक्ति गर्न लागेको स्रोतले बतायो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य लामालाई कोषको उपाध्यक्षमा सिफारिस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई निर्देशन दिएको उच्च स्रोत बताउँछ ।

कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा, यसअघिका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) र सिद्धार्थ महर्जन र कोषका पूर्वसदस्य भिक्षु कुन्डय र स्थानीय सुमार्ग भिक्षुको नाम पनि चर्चामा छ ।

प्रतिक्रिया