२२ गतेसम्मका लागि फेरि सूचना टाँसेर स्थगित भयो संसद


काठमाडौं – प्रतिनिधिसभाको मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार अर्को बैठक साउन २२ गते सोमबारका लागि बोलाइएको छ ।

यसअघि सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः सूचना टाँस गर्दै स्थगित गरिएको हो ।

प्रतिक्रिया