संसदमा एमालेले अन्य दललाई आफ्नो कुरा राख्न दिने, समिति गठन नगरे पुनः अवरूद्ध गर्ने


काठमाडौं – प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा एमालेले अन्य दललाई आफ्नो कुरा राख्न दिने भएको छ ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै आएको एमालेले आकस्मिक समयमा सबैलाई आ-आफ्नो कुरा राख्न दिने भएको हो ।

सरकारले समिति गठन गर्ने प्रतिबद्धता नजनाए बैठक पुन: अवरोध गर्ने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले अहिलेसम्म सरकारले समिति गठनको लागि कुनै जवाफ नदिएको बताए ।

एमालेले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्नता रहेको भन्दै राजीनामा मागिरहेको छ ।

प्रतिक्रिया