सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा दरखास्त आह्वान


काठमाडौँ – नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको कार्यकारी निर्देशक पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

सामाजिक सुरक्षा कोषले मंगलबार एक सूचना प्रकाशित गर्दै रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।

शैक्षिक योग्यता र अनुभ भएका इच्छुक योग्य नेपाली नागरिकले २१ दिनभित्र सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय बबरमहलमा निवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया