

सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै अभिनेत्रीहरु धर्नामा

काठमाडौं – विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै पीडितले धर्ना दिएका छन्। रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरुको धर्नामा अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी लगायतका कलाकारले धर्ना दिएका हुन्।
सिभिल सहकारीले आफूहरूले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उनीहरू धर्नामा सहभागी भएका हुन्। सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउँदा आफूहरू निकै समस्यामा परेको भन्दै उनीहरूले सरकारले उचित तवरले समस्या समाधान गर्न आग्रह गरेका छन्।
भुसालले सहकारीबाट दुख पाएको तीन वर्ष भएको भन्दै सहकारी सञ्चालकहरूको सम्पत्ति बिक्री गरेर पीडितलाई न्याय दिनुपर्ने बताइन्।
उनले आफू लगायत परिवार १४ जनाको दुई करोड ६० लाख तथा भुवन चैत्य बसुन्धारा फाउण्डेशनका तर्फबाट राखिएको १५ लाख समेत फसेको गुनासो गरिन्। उनले हजारौं सहकारीको बदमासीलाई सरकारले कारबाही गर्नुपर्ने बताए।

