प्रयोगकर्ताको डेटा दुरूपयोग गरेको भन्दै टिकटक विरूद्द उजुरी


काठमाडौं – भिडियो शेयरिङ एप टिकटकमाथि प्रयोगकर्ताको डेटा दुरूपयोग गरेको आरोप लागेको छ । युरोपियन कन्जुमर क्याम्पेन ग्रुप (बीईयूसी) ले मंगलबार नियामकलाई उजुरी दर्ता गराउँदै यसबारे जानकारी गराएको हो ।

बीईयूसीले टिकटकले बालबालिका र युवालाई हानिकारक कन्टेन्ट र विज्ञापनबाट बचाउन असक्षम भएको बताउँदै टिकटकको अपारदर्शी कपी राइट नीति र भर्चुअल क्वाइनको समेत अध्ययन गर्नुपर्ने बताएकाे छ ।

‘करोडौं प्रयोगकर्ताको साथमा टिकटक पछिल्लो केही वर्षको अवधिमा युरोपमा लोकप्रिय एप बनेको छ,’ उनीहरुले बुझाएको उजुरीमा भनिएको छ, ‘तर, टिकटकले प्रयोगकर्ताको अधिकार हनन गरिरहेको छ ।’

यसैले बीईयूसीले युरोपियन कमिसन एण्ड नेश्नल कन्जुमर प्रोटक्सन अथोरिटिजमा उजुरी दर्ता गराएको हाे ।

प्रतिक्रिया