अझै चल्ने भएन संसद्, प्रधानमन्त्री र ओलीबीच भएन सहमति


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठक चल्न नदिने भएको छ। एमालेले  दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक चल्न नदिने भएको हो।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सहमति हुन नसकेपछि अध्यक्ष केपी शर्मा ओलीले सदन अवरुद्ध पार्ने जानकारी गराएका थिए।

‘प्रधानमन्त्रीज्यूले संसद् चलाऔं। आफ्ना कुराहरू राखौँ भनेर आग्रह गर्नुभयो। तर, उहाँ (ओली)ले सकारात्मक प्रतिक्रिया दिनुभएको छैन,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले जनायो ।

एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरुद्ध पार्दै आइरहेको छ।

प्रतिक्रिया