दाङमा सरकारी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते


दाङ – दाङमा सरकारी गाडीले मोटरसाइललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २ झ ४५४६ नम्बरको स्कार्पिओले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाइकललाई लमही नगरपालिका–७ वनगइ जंगलमा ठक्कर दिएको थियो।

लमही नगरपालिका–९ तेलिया निवासी ३३ वर्षीय मोटरसाइकल चालक अमृत राजकोटी र सोही ठाउँ निवासी ५२ वर्षीय मानबहादुर कुमाल गम्भीर घाइते भएको प्रहरीको भनाइ छ। यतिबेला घाइतेहरूलाईगि लमही अस्पताल लगिएको छ।

प्रतिक्रिया