

पूर्ण रूपमा खुल्यो अवरुद्ध मुग्लिन-नारायणगढ सडक

काठमाडौं – पहिरोले अवरुद्ध बनेको चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
आइतबार बिहान साढे नौ बजेदेखि पूर्ण रूपमा अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।
इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

