बस दुर्घटनामा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु


बेंसीशहर – लमजुङ सदरमुकाम बेंसीशहरमा भएको बस दुर्घटनामा परी घाइते भएकी युवतीको मृत्यु भएको छ। राइनास नपा-९ कुवापानीकी मिस्मा गुरुङको उपचारका क्रममा शुक्रबार दिउँसो करिब २ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो बेंसीशहर नपा-८ शेरास्थित पृथ्वी राजमार्ग बस काउण्टर नजिकै यात्रु चढाउन रोकेर राखेको चालकविहिन ना ५ ख ४०८१ नम्बरको बस एक्कासी गुडेपछि दुर्घटना भएको थियो।

बसबाट आत्तिएर हामफाल्ने क्रममा गम्भीर घाइते भएकी गुरुङलाई लमजुङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो। दुर्घटनामा परी ६ जना घाइते भएका थिए।

प्रतिक्रिया