प्रकृति अस्वीकार गर्नेहरु समाजविरोधी हुन् : मन्त्री किराँती


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृतिविरोधी भएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रकृतिलाई स्वीकार गरेर प्रकृतिसँगै खेल्न सक्नेहरु सधैं खुशी हुने बताए।

उनले धर्तीको जीवहरु प्रकृतिका फूल भएकाले सबै जना प्रकृतिमा खुशी हुन सक्नुपर्ने उल्लेख गरे। प्रकृतिको विरोध गरी प्रकृति मास्नेहरु समाजविरोधी भएको उनको भनाइ थियो।

मन्त्री किराँतीले प्रकृतिलाई स्वीकार्न नसक्ने मानिसलाई बुद्धिजीवि भन्न नसकिने बताए।

प्रतिक्रिया