माडीको खोलाले बस बगायो, ५ यात्रुकाे सकुशल उद्धार


चितवन – चितवनको माडीस्थित घाँघर खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।

आज बिहान माडी ८ र ९ को सीमास्थित खोला पार गर्ने क्रममा ५ जना यात्रु सवार ना ४ ख १९४७ नम्बरको बसलाई बाढीले बगाएको हो ।

बसमा सवार ५ जना यात्रुलाई भने सकुशल उद्धार गरिएको छ । अहिले बस निकाल्ने प्रयास भइरहेको छ ।

नारायणगढ–माडी–ठोरी हुलाकी सडकअन्तर्गत घाँघर खोलामा पुल निर्माण शुरु भएपनि काम सम्पन्न नहुँदा सबै सवारीसाधन खोलाबाटै वारपार गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया