

सुन प्रकरणमा सरकारसँग जवाफ माग्ने एमाले संसदीय दलकाे निर्णय

काठमाडौं – नेकपा एमालेले विमानस्थलमा भन्सार जाँचपास भइसकेको एक क्वीन्टल सुन बरामद प्रकरणलाई लिएर सरकारसँग जवाफ माग्ने भएको छ । सँगै निष्पक्ष छानबिनको माग पनि गर्ने निर्णय गरेको छ ।
संसदीय दलको बैठकले गृहमन्त्रीको संलग्नताबिना ठूलो परिमाणको सुन ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको हो ।
गठबन्धन सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना सुन पास गराउन असम्भव भएको भन्दै छानबिन समिति बनाउन संसदमा आवाज उठाउन प्रमुख सचेतक गिरीले जानकारी दिए ।
गिरीले भने, ‘गृहमन्त्रीको संलग्नताबेगर सम्भव छैन त्यसैले यसबारे छानबिन हुनुपर्छ । यो सरकारले गर्ने छानबिनमाथि हामीलाई विश्वास छैन । संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्छ ।’

