सुन तस्करी प्रकरणबारे गृहमन्त्रीको जवाफ माग्ने काँग्रेसको तयारी


काठमाडौँ – सत्तारूढ दल नेपाली काँग्रेसले एक क्विटल सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने तयारी गरेको छ । काँग्रेस सांसद रामहरि खतिवडाले सुन तस्करी प्रकरणबारे गृहमन्त्री जवाफ मागिने जानकारी दिए ।

“सुरुमै गृहमन्त्रीले समय लिएर जानकारी गराउनुपर्छ । सय डलर मोजाभित्र हालेर ल्याएको साधारण मानिसले पुलिसले अनुसन्धान प्रक्रियाबाट थाहा हुने, सानो कागज बोके थाहा हुने १ एक सय केजी सुन आउँदा बाहिर कसैलाई थाहा नहुने । झन् पुलिस त अनभिज्ञ छ । यो विषय पार्टीको तर्फबाट म उठाउँछु,” उनले भने, “गृहमन्त्रीको जवाफ माग हुन्छ । उहाँको जवाफ चाहिन्छ,” खतिवडाले भने ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ । आजको बैठकलाई नेकपा (एमाले)ले पनि अवरोध गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया