युरोपेली संघमा चीन सबैभन्दा ठूलो व्यापार साझेदार राष्ट्र


ब्रुसेल्स – चीन युरोपेली संघ इयूको सबैभन्दा ठूलो व्यापार साझेदार राष्ट्र बनेको छ । सन् २०२० मा अमेरिकालाई पछाडि पार्दै इयूको ठूलो व्यापार साझेदारको रुपमा चीन स्थापित भएको हो।

कोरोना भाइरस महामारीका कारण चीनले इयूसँग अमेरिकाभन्दा बढी व्यापार गर्न सकेको बीबीसीले जनाएको छ । गतवर्ष चीन र इयूबीच ७०९ अर्ब अमेरिकी डलरको कारोबार भएको थिए ।

गतवर्षको पहिलो तीन महिनामा चीनको आर्थिक वृद्धिदर घटेको थियो । कोरोनका कारण देशव्यापी लकडाउन हुँदा आर्थिक कारोबार ठप्प भएका थिए ।

प्रतिक्रिया