सुन प्रकरणबारे आफ्नो धारणा बनाएर एमाले संसदमा प्रस्तुत हुने


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय दलको बैठकले तय गर्ने धारणा अनुसार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरामद गरेको थियो ।

यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।

प्रतिक्रिया