एक वर्षमा साढे ३६ अर्ब बढीको धान र चामल आयात


काठमाडौं – नेपालले पछिल्लो एक वर्षको अवधिमा ३६ अर्ब ६६ करोड ३२ लाख २१ हजार रुपैयाँको धान र चामल आयात गरेको छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्ष २०७९–८० मा नेपालले उक्त मूल्य बराबरको धान तथा चामल आयात गरेको हो ।

०७९ साउन १ गतेदेखि ०८० असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यमा ७९ करोड १७ लाख ३१ हजार ८८९ केजी धान र चामल आयात गरेको छ ।

नेपालले चीन, भारत, थाइल्यान्ड, भुटान, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, निकारागुवा, ओमान, सिंगापुर, अमेरिका, भियतनाम, नामिबिया, क्यानडा, भेनेजुयलालगायत देशबाट धान तथा चामल आयात गर्ने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न देशबाट ४७ अर्ब ५७ करोड ३६ लाख ८४ हजार रुपैयाँको धान र चामल आयात गरेको विभागको तथ्याङ्क छ ।

प्रतिक्रिया