पाँचथरमा ट्याक्सी दुर्घटना, २ सय मिटर तल खस्याे


पाँचथर – झापाको बिर्तामोडदेखि फिदिमतर्फ आउँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

फिदिम २ सामदिनमा मे १ ज १९४१ नम्बरको ट्याक्सी सडकदेखि करिब दुई सय मिटर तल झरेको हो ।

दुर्घटनामा परि घाइते भएकाहरुको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका छन् ।

घाइतेहरुको अहिले पाँचथर अस्पतालमा उपचार भइरहेको र घट्नाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया