तिनाउ नदीको बाढीमा फसेका २ जनाको उद्धार


रुपन्देही – रुपन्देहीको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको छ ।

बुटवल-११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका मिनबहादुर गाहा र कैलाशनगरका जनक घर्तीलाई उद्धार गरिएको हो ।

उनीहरुलाई सशस्त्र प्रहरी,नगर प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको छ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने वा खोला हेर्ने उद्देश्यले बाढीको जोखिम भएको ठाउँमा नजान बुटवल उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रतिक्रिया