

भौतिक पूर्वाधारमन्त्री ज्वाला जापान प्रस्थान, भौतिकको कार्यभार मन्त्री मोदीलाई

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापान प्रस्थान गरेका छन् ।
जापानमा जाइकासँगको उच्चस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री ज्वाला जापान प्रस्थान गरेका हुन् । मन्त्री ज्वाला आगामी साउन १२ गते स्वदेश फर्किनेछन् ।
मन्त्री ज्वालाको अनुपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई तोकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री ज्वालाको अनुपस्थितिमा उनले सम्हाल्दै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार मन्त्री मोदीले सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन् ।

