प्रधानमन्त्री र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेट


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिण्डे म्याकनबीच भेटवार्ता भएको छ।

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा सोमबार भएको भेटमा खाद्य सुरक्षा, गरिबी निवारण, महिला तथा मानवीय जीवनको स्तरोन्नतिलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। विश्व खाद्य कार्यक्रमले नेपालमा पनि विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रधानमन्त्रीले सोमबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच पनि भेट गरेका थिए।

 

प्रतिक्रिया