कुथेली हाइड्रोपावरको आइपिओ बाँडफाँट


काठमाडौं  – कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपिओ आइतबार बिहान बाँडफाँट भएको छ । गोलाप्रथामार्फत कुल १० हजार ११५ जनाले कम्पनीको सेयर हात पारेका छन् । जसमध्ये १ जनालाई ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।

आइपिओका लागि कुल १० लाख ४८ हजार ४६८ जनाले आवेदन दिएकामा १ हजार १६३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

बाँकी १० लाख ४७ हजार ३०५ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १ लाख १ हजार १५१ कित्ता आइपिओ बिक्री गरेको हो ।

कुल १ लाख २१ हजार ८६८ कित्ता सेयरमध्ये १०% अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै बाँडफाँट भइसकेको थियो । त्यस्तै, ५% (६ हजार ९३ कित्ता) सामूहिक लगानी कोष र २% अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

लगानीकर्ताले आइपिओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटल र कुथेली बुखरी स्मल हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् ।

यस कम्पनीको आइपिओ https://meroshare.cdsc.com.np/#/login र सीडीएस एन्ड क्लियरिङले आइपिओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया