दाङमा एक अर्ब बढी बजेट फ्रिज


घोराही – दाङमा सङ्घीय सरकारबाट आएको पुँजीगत बजेटमध्ये एक अर्बभन्दा बढी रूपियाँ फिर्ता भएको छ । आर्थिक वर्ष ०७९/०८० मा सङ्घबाट पुँजीगत बजेट चार अर्ब ७५ करोड ८४ लाख ३३ हजार १९ रूपियाँमध्ये एक अर्ब ५ करोड ४२ लाख ३९ हजार ६४९ बजेट खर्च हुन नसक्दा फिर्ता भएको हो ।

जिल्लामा आर्थिक वर्ष ०७९/०८० मा सङ्घीय सरकारअन्तर्गत तीन अर्ब ७० करोड ४१ लाख ९३ हजार ३७० रूपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । जुन खर्च कुल बजेटको ७७.८४ प्रतिशत हो ।

बजेट भएर पनि काम नहुने प्रवृत्तिले गर्दा जिल्लाबाट एक अर्ब बढी बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी बताए ।

प्रतिक्रिया