जुम्लामा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी


काठमाडौँ – जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठीचौर गाउँपालिका -४ का ७ वटा घरमा आगजनी भएको पाइएको हो । आगजनी कसले किन गर्‍यो भन्ने विषय अहिलेसम्म खुलेको छैन ।

आगजनी एउटै गाउँको घरमा नभई विभिन्न गाउँका घरहरूमा भएको छ । आगो लगाइएको कुरा थाहा जानकारीमा आएसँगै जिल्लाबाट प्रहरीको टोली खटाइएको छ ।

प्रतिक्रिया