अध्ययनका लागि महानगरपालिकाले दियो पाँच लाख


वीरगन्ज – अल्पायुममै निधन भएका वीरगन्जका पत्रकार नरेश सर्राफको छोरीको अध्ययन र भरण पोषणका लागि वीरगन्ज महानगरपालिकाले नगद ५ लाख रुपैयाँ प्रदान गरेको छ।

पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत रहेका ३८ वर्षीय सर्राफको गत मंसिर १५ गते हृदयतघात कारण निधन भएको थियो। सर्राफको निधन भएको १० औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा मेयर राजेशमान सिंहले घोषणा गरेअनुसार शुक्रबार ५ लाख रुपैयाँ प्रदान गरिएको हो।

शुक्रबार वीरगन्ज महानगरपालिकाको कार्यालयमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र मेयर सिंहले संयुक्त रूपमा पाँच लाख रुपैयाँको चेक स्वर्गीय सर्राफकी छोरी श्रेया सर्राफलाई हस्तान्तरण गरे।

महानगरपालिकाले स्वर्गीय सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा स्थापना गरिएको अक्षय कोषमा पनि १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

प्रतिक्रिया