ईयूले नेपाललाई साढे १० अर्ब बढी आर्थिक सहायता दिने


काठमाडौं – युरोपेली संघ (ईयू) ले नेपालको शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा १०.६३ अर्ब रुपैयाँ आर्थिक सहयता स्वरुप उपलब्ध गराउने भएको छ ।

उक्त सहायता प्रदान गर्ने सम्बन्धमा नेपाल र ईयूबीच शुक्रबार दुई छुटुटाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार ईयूले विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत सबैको लागि गुणस्तरीय शिक्षा कार्यक्रममा पाँच करोड युरो (७.३८ अर्ब रुपैयाँ) अनुदान स्वरुप उपलब्ध गराउने छ ।

यस्तै, स्थानीय पहलबाट जलवायु परिवर्तनका असर कम गर्न दुई करोड २० लाख युरो (३.२५ अर्ब रुपैयाँ) अनुदान स्वरुप ईयूले उपलब्ध गराउनेछ । ‘सबैका लागि गुणस्तरीय शिक्षा’मा गरिने सहयोगले नेपालको सामाजिक र आर्थिक विकासमा सक्रिय भूमिका खेल्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न योगदान दिने जनाइएको छ ।

‘विद्यालय शिक्षा क्षेत्र योजनाले शिक्षामा पहुँच बढाउनुका साथै शिक्षाको गुणस्तर समेत वृद्धि गर्नेछ, जुन जनशक्ति विकासको लागि महत्वपूर्ण हुनेमा म आशावादी छु’, अर्थ मन्त्रालयका सचिव अर्जुन पोखरेलले भने ।

प्रतिक्रिया