

राज्यको ढुकुटीमा भएको रकम सदुपयोग भएन,पैसा नै छैन भन्ने प्रवृत्ति बढ्यो : रमेश लेखक

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले राज्यको ढुकुटीमा ८०० अर्ब पैसा हुँदा हुँदै पनि राज्यसँग पैसा नै छैन भन्ने प्रवृत्ति बढेको बताएका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य लेखकले राज्यको ढुकुटीमा भएको रकमको ठोस सदुपयोग नभएको बताए ।
उनले भने ‘ आर्थिक क्षेत्रमा ठोस दृष्टिकोण पु¥याएर छलफल गर्न आवश्यक छ । बजेटमा विकासका पूर्वाधारहरू अगाडि बढ्न नसकेको विकासको काम हुन नसकेको स्थिति छ । बजेटमा राजयसंग पैसा छैन भन्ने छ तर ८०० अर्ब बैंकमा जम्मा भएको अवस्था छ । ८०० अर्ब बैंकमा त्यतिकै बसिरहेको छ अनि हामी भन्छौं राज्यसँग पैसा छैन, त्यसको उपयोग गर्छौ कसरी रु ’
केन्द्रीय सदस्य लेखकले आर्थिक क्षेत्रको विषयमा ठोस निर्णय लिएर अगाडि बढ्नु पर्ने बताए । पार्टी देश र जनताको लागि निमार्ण गर्नु पर्ने पनि उनको भनाइ थियो ।
राजनीतिक आर्थिक तथा समसामायिक विषयहरू प्रतिवेदनकै रूपमा नआए पनि ठोस निर्णयको रूपमा आउनु पर्ने उनको भनाइ थियो ।

